नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालिकाहरुका सहयोग गरेका छन् । द्वन्दपिडित बालबालिकाहरुका लागि खोलीएको ‘चेतना सन्देश बाल गृह” सर्लाही जिल्ला को हरिवन न. पा. -५ घुर्कौली स्थितआश्रममा नायक पल शाह आफ्ना केहि साथीहरुको साथमा पुगेका थिए उनले त्यहाँ बालगृहमा आश्रीत द्वन्द्वपीडित बालबालिकाको लागि १० बोरा चामल तथा कापी र कलम सहयोग गरेका हुन् । सहयोग प्रदान गर्दै नायक शाहले बालबालिकालाई राम्रोसँग शिक्षा आर्जनगरेर भविष्यमा असल तथा दक्ष नागरिक बन्न आग्रह गरेका थिए । नायक पल शाहसहित स्थानीय अतिथिहरुको उपस्थितीमा बालगृहलाई चामल र शैक्षिक सामग्री सहयोग प्राप्त भएको बालगृह सञ्चालक नविन लामाले बताए । सहयोग प्रदान गर्ने सम्पुर्णप्रति लामाले धन्यवाद समेत प्रकट गरेका छन्
Thursday, February 21, 2019
करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई फिल्म लभ स्टेसन टिमले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । फिल्म युनिटले मेघाकै घर गएर उनलाई सहयोग गरेका हुन् । यो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्ने विश्वास प्रदीपले व्यक्त गरे । आफुले सोचेको भन्दा मेघा निकै फरक र शाहसिक पाएको पनि यी अभिनेताले बताए । यस्तै अभिनेत्री जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पुरा होस भन्ने कामना गरिन् । आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफुमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् ।
चैत २२ गतेबाट देशव्यापी रिलिज हुने फिल्ममा प्रदिप खड्का र जसिता गुरुङको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । उज्जवल घिमिरेको निर्देशन रहेका यस फिल्म काफिया फिल्म्स्को व्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । फिल्मलाई काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्मको गीतमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
विरासतबाट आफ्नो पहिचान स्थापित हुनु धेरै सजिलो छ । पुर्खा बिँडो थाम्दै सोहि बाटोमा आउनु त सहजै होला तर सफलता र निरन्तरता दिनु चाँहि चुनौति हुन्छ । नेपाली रजतपटमा स्थापित हुन चाहनेको लाम पनि लामै छ । आखिर ग्ल्यामरलाई अंगालेर सेलिब्रेटी बन्न नचाहने को होला र ? फिल्म क्षेत्रमा आउन कुनै बाटो र मेलोमेसो नपाएर दिनरात भौतारिरहेकाहरु पनि प्रशस्तै छन् । फिल्म क्षेत्रमा डेब्युकै लागि निर्माता–निर्देशकको ढोका ढकढक्याउँदा ढकढक्याउदैै गुमनाम भई हारेकाको कथा सतहमा आउने गर्दैनन् नै । तर, कोही यति भाग्यमानी पनि छन् कि जसलाई फिल्ममा डेब्यु गर्न ठूलो मिहिनेत गर्नै पर्दैन या भनौ विरासतले नै उनीहरुको गन्तव्य पहिल्याइदिएको हुन्छ । यसै प्रसंगमा आफ्नो पारिवारिक पृष्ठभुमि फिल्मी उद्योगकै भएकै कारण धेरैले सजिलोसँग फिल्ममा ‘डेब्यु’ पनि गरेका छन् । यस्तै मध्ये धेरैले उद्योगमा आफ्नो छाप छोडिसकेका छन भने कोहि मेहनतको वावजुत पनि उद्योगमा जम्न सकेनन् । क्षमता, योग्यता र दक्षता छ भने गोरेटो पाउनेले दुत्रमार्गनै तय गर्दछन् । उनीहरुको गति ‘हाइवे’मा हुँईकिन्छ, जसलाई विरासतको विर्को खोल्न आवश्यक पर्दैन । आज हामी फिल्म उद्योगमा स्थापित हुन कुनै न कुनै रुपमा विरासतको साहारा लिएका कलाकारहरुको बारेमा कुरा गर्दैछौ ।
अनमोल केसी
हुन त अनमोल आफ्नै बलबुतामा स्थापित भएका हुन् । तर, उनलाई फिल्म क्षेत्रसम्म ल्याउने बाटो भने उनका बाबु भुवन केसी र आमा सुस्मिता बम्जनले नै कोरिदिएका हुन् । हुन त होस्टलबाट ‘डेब्यु’ गरेका अनमोलले आधा दर्जन फिल्ममा पनि मुहार देखाएका छैनन् तर उनको चर्चा भुवन केसीको भन्दा माथि राखेर गर्न थालिएको छ । हाल फिल्मी क्षेत्रमा अनमोलको जत्तिको ‘फ्यान फलोइङ’ सायद अरुको छैन । फरक लुक्सका कारण उनलाई पछ्याउने मात्रै हैन उनीसँग अन्स्क्रिन रोमान्स गर्न चाहने स्थापित हिरोइनको लाइन नै लागेको छ । उनलाई फिल्ममा लिनका लागि निर्माताहरु सजिलै ५० लाखको बोली लगाउन तयार छन् । यसका साथै सेलेक्टेड फिल्म मात्र गरिरहेका अनमोलको बढ्दो साखलाई जोगाउन भुवन आफैं पनि सक्रिय छन् ।
केकी अधिकारी
बौद्धिक नायिकाको रुपमा चिनिने केकी अधिकारी आफैं आफ्नो पहिचान बनाएकी नायिका हुन् । उनी निर्देशक बद्री अधिकारीका छोरी हुन् । उनले फिल्म क्षेत्रमा पाइला चाल्दा निर्देशक बद्री अधिकारीको छोरीका रुपमा नै ‘स्वर’बाट डेब्यु गरेकी थिइन् । अहिलेका चल्तीका हिरोइनमा केकीको नाम अग्रपंक्ति आउँछ । उनलाई फलो गर्ने फ्यानको संख्या सानो छैन । अहिले ‘कोहलपुर एक्सप्रेश’बाट निर्मात्रीका रुपमा डेब्यु गरेकी केकीले फिल्म क्षेत्रमा आएदेखि पछाडि फर्किएर हेर्नुपरेको छैन । सालिन स्वभावकी उनि अहिलेसम्म कुनै विवादमा नमुछिएका कारणले उनलाई मन पराउने दर्शकको जमात ठूलै छ ।
सलोन बस्नेत
रजतपटमा कम उमेरको पाका कलाकार हुन सलोन बस्नेत । पाका यस अर्थमा कि उनको रजतपट यात्राले दुई दशक टेकेको छ । उनी बालकलाकरका रुपमा नै स्थापित थिए । निर्माता–निर्देशक शोभित बस्नेतका छोरा सलोनको चर्चा बाल्यकालदेखि नै भयो । ‘नेपाली बाबु’बाट बालकलारका रुपमा फिल्म क्षेत्रमा आएका सलोन अहिले नेपाली फिल्म क्षेत्रका चल्तीका स्टार नै हुन् । केहि फिल्महरुमा बालकलाकारको भूमिका निभाएका उनी फिल्म ‘होस्टल’बाट नायकका रुपमा आए । त्यही फिल्म उनको फिल्मी यात्राको ‘टर्निङ प्वाइन्ट’ बन्यो । हाल उनले आफ्नो अभिनय कौशलका कारण लगातार फिल्महरु हात पारिरहेका छन् ।
गौरव पहाडी
रजतपटमा आफ्नो छुट्टै पहिचान बनाउन कस्सिएर लागेका अर्का कलाकार हुन् गौरब पाहाडी । रंगमञ्चका अभिनेता टिका पाहाडीका सुपुत्र हून् गौरव, मञ्जरी फिल्मबाट डेब्यु गरेका गौरबले झण्डै आधा दर्जन फिल्म खेलिसकेका छन् । अहिले उनी अलग परिचय बनाएर फिल्म क्षेत्रमा जम्नका लागि संघर्ष गरिरहेका छन् । उनको अभिनय क्षमताका प्रशंसक धेरै छन् र जुझारु स्वभावका उनी रजतपटमा स्थापित हुन संघर्षरत छन् भन्दा अत्युत्ति नहोला ।
संयम पुरी
रजतपटको लागि नयाँ नाम होइन संयम पुरी । फिल्म ‘सायद’बाट डेब्यु गरेर चर्चा कमाएका कलाकारको सुचीमा उनको नाम अग्रपंक्तिमै आउँछ । उनी निर्माता–निर्देशक नारायण पुरीका छोरा हुन् । संयमले आफ्नो बाबुले अंगालेको फिल्म क्षेत्रमा नै पाइला चाले । आभाष, पुन्टे परेड, ग्यांगस्टार ब्लुजमा उनी देखिए । तर, पहिलो फिल्ममा जस्तो अन्यमा राम्रो प्रतिक्रिया उनले पाएनन्् । त्यसैले पछिल्लो समयमा उनी फुर्सदिला बनेका छन् ।
अरुणीमा लम्साल
कुनै समय रजतपटमा स्थापित तर अहिले गुमनाम रहेको नाम हो अरुणीमा लम्साल । हाल उनीे पारिवारिक जीवनमै सीमित बनेकी छिन् । यिनी कलाकार भाबु लम्सालकी सुपुत्री हुन् भन्ने जानकारी सायद कमैलाई होला । फिल्म ‘यस्तै रहेछ जिन्दगी’बाट डेब्यु गरेकी अरुणिमाले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय कौशल पस्किसकेकी थिइन् । उनी फिल्म क्षेत्रमा आमाको नामभन्दा अलग भएर पहिचान बनाउन सफल भएकी थिइन् तर, एकाएक उनले फिल्म क्षेत्रबाट बिश्राम लिइन् ।
सज्जा मैनाली
कुनै समय रजतपटमा निकै चर्चित नाम थियो, सज्जा मैनाली । हाल यि नायिका गर्दै छिन् भन्ने अत्तोपत्तो फिल्मी क्षेत्रले पाएको छैन । उनी चर्चित हास्य कलाकार गोपालराज मैनालीका छोरी हुन् । थुप्रै नेपाली फिल्ममा मुख्य भूमिकामा देखिएकी सज्जा अहिले यो क्षेत्रबाट पलायन भएकी छिन् । उनलाई रुचाउने र स्मरण गर्ने दर्शक हाल पनि रहेका छन् ।
क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘पुरानो बुलेट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । १ चैतलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘पुरानो बुलेट’को ट्रेलरमा पुर्वका एक युवक प्रताप (अनुपविक्रम शाही)को जिवनमा आउने उतरचढावमा आधारित छ ।
चलचित्रको ट्रेलरमा एक्सन, प्रेम, रोमान्स, रोदन र कमेडीलाई समग्रमा समेटिएको छ । ट्रेलरमा अनुप र वर्षालाई ‘बुलेट राजा’ र ‘बुलेट रानी’को रुपमा परिचय गराइएको छ ।
पत्रकारितामा लामो समय विताएका भिषण राईको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवाद्ध र ठेट पुर्वेली शब्दहरु दर्शकलाई नौलो लाग्न सक्छ । यस चलचित्रमा अनुपविक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बू, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोककुमार राई, टिकाराम राईलगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा–पटकथा निर्देशक स्वयं र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रमा अशोककुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।
हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बु र जयन जे. वाइवाकोे संगीत रहेको यस चलचित्रमा राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तमजंग लिम्बुको गायन रहनेछ ।
इटहरीका ११ वर्षीय प्रितम आचार्य अहिले चर्चामा छन् । उनले आफ्नो स्वरको जादुले निर्णायकहरुको समेत मन जित्दै आएका छन् ।
भारतीय टेलिभिजन च्यानल जि–टीभीबाट प्रसारण हुँदै आएको चर्चित सांगीतिक रियालिटी शो ‘सारेगमप’ लिटिल च्याम्सतर्फ प्रितम टप–१५ मा पर्न सफल भएका छन् । प्रितमको प्रस्तुती र निर्णायकको भनाइलाई आधार मान्ने हो भने उनको सम्भावना जित नजिक छ । गएको एपिशोडका सोनु निगमले गाएको ‘सन्देशे आते है’ बोलको गीत गाउँदा प्रितमले निर्णायकबाट वाहवाही पाए । प्रितम हरेक किसिमका नेपाली र हिन्दी गीत गाउन सक्छन् । त्यसैले पनि प्रितम ‘सारेगमप’ जस्तो चर्चित कार्यक्रममा टप–१५ मा पुग्न सफल भएका छन् ।
गीतकार दर्पण राईको चर्चित गीत ‘यो मुटु दुख्छ किन’ बोलको बाल भर्सन गाएपछि नेपाली सांगीतिक क्षेत्रमा चर्चामा आएका प्रितम इटहरीस्थित विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । नेपाली सांगीतिक क्षेत्रमा उज्जल भविष्य लिएर उदय भएका प्रितमबारे चर्चित गीतकार दर्पण राई भन्छन्, ‘प्रितमको कला, प्रतिभा र सम्भावना देखेरै मैले ‘यो मुटु दुख्छ किन’लाई बाल भर्सनमा गाउने अवसर दिएको हुँ । अहिले सारेगमपमा पुगेर चर्चा बुटुलिरहँदा एकदमै खुसी छु ।’
प्रितमले यसअघि पनि सांगीतिक रियालिटी शोमा भाग लिइसकेका छन् । उनले ‘सुरशाला आइडल’ जुनियरतर्फ फस्ट रनरअप उपाधि पाएका थिए । उक्त कार्यक्रममा देखाएका प्रतिभाले नै प्रितमले गीतकार दर्पणको चर्चित गीतको बाल भर्सन गीत गाउने अवसर पाएका हुन् । गीतकार दर्पण भन्छन्, ‘थुप्रै बाल गायक÷गायिकाको उदय भइरहेका बेला प्रितमको छुट्टै प्रतिभा र कला छ । उनको गायन कलाका जादू छ । अरु बाल गायकहरुको भविष्य के कस्तो हुन्छ, त्यो थाहा छैन । तर प्रितमको एदकमै उज्जल छ ।’
आउँदो ४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’की नवोदित अभिनेत्री हुन् प्रियंका सिंह । उनले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । नयाँ बानेश्वरकी प्रियंकालाई उनले अभिनय बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा हेरेर निर्देशक सुवास कोइरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् ।
त्यसो त उनी त्यतीबेला टिक टक (म्युजिकल्ली)मा निकै हिट थिइन् । त्यतिबेला सयौं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोइरालालाई मन परेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो ।
प्रियंकाका भनाइमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहँुदो रहेछ, ‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ’ उनले अनुभव सुनाईन् ।
चलचित्र गरुड पुराणमा उनीलाई सबै जसोले मन पराउँछन् । मुख्यतय फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताइन् ।
प्रियंका स्वभावले कम बोल्न र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभावभन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्,‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरेँ । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्र्दैछु ।’
पहिलो चलचित्रबाट निकै आशाबादी प्रियँकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरुसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो । आफुलाई कर्मा, नाजिर, प्रविणसबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताइन् ।
म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियँका अहिले पूण रुपमा सिनेमामै आबद्ध छिन् । उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको पनि थियो । तर पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफु यही फिल्ममा व्यस्त रहेको यी नवोदित अभिनेत्रीले बताईन् । गरुड पुरणपछि उनी चलचित्र बृत्तमै अघि बढ्ने योजना सुनाउँछिन् ।
एजेन्सी : जम्मू कश्मीरको पुलवामा आतंकबादीले भारतिय सैनिकमाथि गरेको हमलापछि सिङ्गोे भारत यतिबेला पाकिस्तानको बिरोधमा उत्रिएको छ । पाकिस्तान प्रतिको आक्रोशको आगो साधारण मानिसमा मात्र सिमित रहेन। बलिउड सेलिब्रिटीहरुमा समेत दन्किएको छ ।
यस्तैमा अभिनेता सलमान खानले आउँदो आफ्नो फिल्ममा गीत गाउन पाकिस्तानी गायक आतिफ असलमलाई साइन गरेका थिए । तर पुलवामामा भएको हमला पछि उनले आतिफलाई आफ्नो फिल्मबाट हटाइदिएका छन् । सलमान यो फिल्मको प्रोड्यूसर पनि हुन् त्यसैले अब उनले यस फिल्मलाई आफैले गाउने भएका छन् ।
पुलवामा हमलापछि बलिउड पाकिस्तानी कलाकारहरुको बिरोधमा उत्रिएको छ । यस अघि भारतीय प्रख्यात टीसीरीज म्यूजिक कम्पनीका मालिक भूषण कुमारले भ्यालेन्टाइन डेमा रिलीज भएको आतिफ असलमको गीतलाई अनलिस्ट गरेका थिए । जबकि पाकिस्तानी कलाकार अस्लमको गीतलाई हटाएकोमा चौतर्फी तारिफ गरिएको छ ।
लुट्न सके लुट् कान्छा लुट्न सके लुट् अरू देशमा पाइँदैन नेपालमै हो छुट
लोकगायक पशुपति शर्माको शब्द, संगीत र स्वरमा यो गीत सार्वजनिक हुनेबित्तिकै धेरै स्रोता-दर्शकले सामाजिक सञ्जालमा ‘गीतले देशको वास्तविकता उतारेको’ प्रतिक्रिया दिइरहेका थिए।गीतको तरंग बालुवाटारसम्म पुग्यो।
Advertisement
दुई तिहाईको शक्तिसहित सत्ता चलाइरहेको दल नेकपाले ‘लुट्न सके लुट्’ गीतले ‘योजनाबद्ध हिसाबले कम्युनिस्ट पार्टीलाई खुइल्याइएको’ अर्थ लगायो।नेकपाको भातृ संगठन युवा संघ नेपालले ‘पशुपति शर्माका कार्यक्रमहरू ठाउँ–ठाउँमा बहिष्कार गर्न’ कार्यकर्तालाई आह्वानसहित धम्कीको शैलीमा विज्ञप्ति जारी गर्दै भन्यो– ‘समयमै आफ्ना ज्ञात–अज्ञात गम्भीर त्रुटि सच्याउन अनुरोध गर्छु अन्यथा यो असह्य प्रस्तुतिका कारण एक चर्चित कलाकारको करिअरमा असर पर्न सक्ने कदमका लागि हामी बाध्य हुनु नपरोस्।’
गीत सार्वजनिक भएको भोलिपल्टै फोन र विज्ञप्तिमार्फत यस्ता चेतावनी आएपछि शर्माले फेसबुकमा ‘मेरो नियत कसैको चित्त दुखाउने नभई विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो’ भन्दै स्ट्याटस लेखे।गीतका केही शब्दलाई लिएर असन्तुष्टि आएकाले पछि शब्द परिमार्जन गरेर पुनः गीत सार्वजनिक गर्ने वाचा गर्दै युट्युबबाट गीत हटाए।
युट्युबबाट गीत हटाइएपछि स्रष्टाको ‘अभिव्यक्ति स्वतन्त्रताको हनन्’ भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा–परिचर्चा भयो।यो राष्ट्रिय बहसको विषय बन्यो।
यो विषयमा धेरैजसोले पशुपतिले देशमा भएकै कुरा गीतमार्फत उठाएकाले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् भने केहीले गीत, साहित्य भनेको सोझै नभनेर घुमाउरो पारामा भनिनुपर्नेमा गाईजात्रा जसरी सीधै भनिएकाले समस्या आएको बताएका छन्।पुराना लोकगायक कुमार बस्नेत गीत गाएकै भरमा कला र गलालाई बन्द गर्नु खोज्नु गलत भएको तर्क गर्छन्।भन्छन्, ‘कलाकारले समाजमा देखे, भोगेका कुरा गाउने हुन्, तिनलाई रोक्न खोज्नु गलत हो।’
गीतको चर्चा कलाकारबीचमा मात्र सीमित रहेन।युट्युबबाट गीत हटाइएपछि माइतीघर मण्डलामा त्यही गीत घन्काउँदै नारा लाग्यो, ‘गीत बन्द होइन, भ्रष्टाचार बन्द गर।’
सामाजिक सञ्जालबाट सडकमा पुगेको यो गीतको बहसलाई राजनीतिक दलले पनि बहसको विषय बनाए।विवेकशील साझा पार्टीको युवा संगठनले गीत हटाउन बाध्य पारेर कलाकारको अपमान गरिएको भन्दै विज्ञप्ति जारी गर्यो।उसले नेपालको संविधानको धारा १७को उपधारा २ (क)को विचार र अभिव्यक्तिको हक, धारा १९को उपधारा १ को सञ्चारको हकको प्रतिकूल कलाकारको अपमान भएको विज्ञप्तिमा उल्लेख गरेको थियो।
नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै नेकपाको युवा संघको कार्य गलत भएको दाबी गर्यो।पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘दुई तिहाईको सरकार एउटा गीतले थरर कामेको’ बताए।
सडकबाट राजनीतिक दल हुँदै यो गीत संसद्सम्म पुग्यो।कांग्रेस सांसद अमरेशकुमार सिंहले संसद्मा फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ सम्मानस्वरूप पुरस्कार दिने घोषणा नै गरे।
नेकपा सांसद झपटबहादुर रावलले त्यसको ठाडै प्रतिकार गरे।पशुपतिले सुशील कोइरालाको पालामा ‘अमेरिका नि यही’ गीत गाएको तर अहिलेको सरकारलाई राक्षस, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गाएको आरोप लगाए।‘यसमा उनको अज्ञानता वा नियत भन्ने ठानेको थिएँ।एक जना प्रतिपक्षका सांसदले पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ,’ उनले व्यंग्य शैलीमा भने, ‘पुरस्कार घोषणा गर्ने सांसदलाई यही गीत गाउनुभयो भने म एक महिनाको पारिश्रमिक उहाँलाई दिने घोषणा गर्छु।’
एउटा गीतको विषयलाई लिएर सडकदेखि सदनसम्म यति ठूलो बहस भएको नेपालमा सम्भवतः पहिलो पटक हो। ००० शासकका गलत काम र विकृतिका विषयमा सबैभन्दा धेरै गीत कम्युनिस्टहरूले नै रचेका, गाएका छन्।संगीतमार्फत सांस्कृतिक सचेतना फैलाउन भन्दै कम्युनिस्टहरूले संघर्षको एउटा मोर्चाका रूपमा कलाकारहरूको समूह नै बनाउने गरेका छन्।तर, नेपालमा दुईतिहाइको कम्युनिस्ट सरकार रहेकै बेला गीतको विषयमा विवाद उत्पन्न भएपछि स्वाभाविक रूपमा राष्ट्रिय बहसको विषय बन्न पुग्यो।
यही गीतको विषयलाई लिएर मिडियामा पनि विभिन्न धारणा आए।कसैले अभिव्यक्ति स्वतन्त्रताको कुरा उठाए भने कसैले पशुपतिले कलाको नाममा राजनीति गर्न खोजेको आरोप लगाए।
गीत हटाइएको विषयलाई लिएर एपीवान टेलिभिजनले विशेष कार्यक्रम नै प्रसारण गर्यो।जसमा पशुपतिलाई धम्कीको शैलीमा विज्ञप्ति निकाल्ने युवा संघका अध्यक्ष रमेश पौडेल, संगीत विश्लेषक प्रकाश सायमी र नेपालका कम्युनिस्ट इतिहासको विषयमा पीएचडी गरेका राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी निम्त्याइएका थिए।
कार्यक्रममा बोल्दै रमेश पौडलले गीतको सन्दर्भलाई लिएर ‘यो देश असफल बनाउन केही मान्छेहरू लागि परेको’ आरोप लगाए।
संगीत विश्लेषक सायमीले युवा संघको विज्ञप्ति ‘तालिवानको फतवा’ जस्तै भएको भन्दै भने, ‘गीतमा हेलिकप्टर, यमराज र कुकुरको कुरामा आपत्ति हो तर व्यंग्यमा काव्यात्मकको त्यति मज्जा आउँदैन।ठाडैभन्दा मज्जा हुन्छ।’
डा. सुरेन्द्र केसीले यो गीत आफूलाई नेपाली संगीत जगत्मा एकदम सुन्नलायक गीत लागेको तर्क गर्दै पौडेलसँग प्रश्न गरे, ‘लोकतन्त्रमा धम्क्याउने ? समय सन्दर्भमा सम्झाउनु अलग कुरा, तर विज्ञप्ति नै निकाल्ने त ?’
पशुपतिमा किन आयो फ्रस्ट्रेसन ?
पशुपतिको ‘मलाई अमेरिका यही’ गीतको देशविदेशमा खूब चर्चा भयो।त्यो बेला युवा संघले नै पशुपतिलाई कार्यक्रममा बोलाएर सम्मान गरेको युवा संघका अध्यक्ष पौडेल बताउँछन्।तर, तिनै पशुपतिले अहिले देशको अवस्थाबारे गाउँदा युवा संघ उनलाई बहिष्कार गर्न तम्सियो।
पशुपतिले एउटा अन्तरवार्तामा भने अनुसार ‘अमेरिका यही’ गीत सुनेपछि धेरै युवा देशमा फर्किएर स्वरोजगारमा लागे।तर, उनीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु अवैध रूपमा भारतबाट भित्रिने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री भएनन्।त्यसपछि उनले यस्तो गीत गाए।गायक शर्माले एभीन्युज टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका छन्, ‘नेपालमा आएर केही गर्ने युवाहरू हुनुहुन्छ।उहाँहरूलाई नेपालमै केही गर्ने वातावरण बनाउनुपर्छ भन्ने व्यंग्य पनि हो।’
भिडियोमा यमराजको शासनका विषयमा झण्डा देखिएको नियतवश नभएको र आफूले भ्रष्टाचार रोकिनुपर्छ, स्वर्गजस्तो ठाउँमा स्वर्गजस्तै शासन हुनुपर्छ भन्न खोजेको उनको भनाइ छ।शर्माले यसलाई ‘अमेरिका यही भाग २’ भन्दा पनि हुने बताएका छन्।‘मेरा आमाबुबा, गरिब जनतासँग कुरा गर्छु, उहाँहरूले भनेका कुरा १०, १२ वर्षबाट जे–जे सुनेको छु, त्यो जस्ताको तस्तै प्रस्तुत गरेको मात्र हुँ,’ उनले भनेका छन्, ‘यो गीतमा जुन भाव, व्यंग्य गरेको छु, यसमा ठूलो पाप गरेँ जस्तो लाग्दैन।म कुनै पार्टीसँग आबद्ध छैन।’
गीतको विषयमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको छ।प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई पहिलादेखि आग्रह गर्दै आएको हो।यसपटक फेरि यो माग दोहोर्याएको छ।
कलाकारले सिनेमामा अभिनय स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ । अभिनय गर्दा उसलाई सिनेमाको व्यापार, लगानी फिर्तादेखि हरेक कुराले थिचेको खण्डमा पक्कै पनि काम सहज हुँदैन ।
छैटौ सिनेमा क्याप्टेन रिलिज हुँदासम्म अभिनेता अनमोल केसीमाथि एउटा ठूलो दबाब मडारिएको छ । नेपाली सिनेमामा बर्षमा एउटा सिनेमा मात्र खेल्ने, एउटै सिनेमाबाट मोटो रकम लिने हिरोको रुपमा पर्छन् अनमोल केसी ।
यही भएर पनि सिनेमामा मिहिनेत त गर्नु छदैछ, चल्नैपर्ने दबाब पनि उनीमाथि छ । सिनेमा नचलेको खण्डमा ५० लाख लिने हिरो असफल भन्ने समाचार र टिप्पणीले उनको टाउको दुखाउने निश्चित छ । अहिलेको बजार हेर्दा यस्तो लाग्दैछ, अभिनेतालाई असफल हुने कुनै अधिकार नै छैन । अभिनेता केसीले अभिनय गरेको छैटौ सिनेमा क्याप्टेन फागूणको १७ गतेबाट रिलिज हुँदैछ । यो सिनेमामा उनले आफ्नो भूमिका परिवर्तन गरेका छन् । चकलेटी अनुहार मात्र बेच्न खोजेको आरोप लगाउनेलाई उनले यसपटक झापड त हानेका छन् । तर, दरिलो झापडका लागि सिनेमाले व्यापार पनि गर्नुपर्नेछ ।
अनमोल आफैमा अल्छी कलाकार पनि हुन् । उनी, सिनेमामा काम नगर्दाको समयमा मिहिनेत गर्दैछनन् । तर, उनले क्याप्टेनमा आफ्नो अल्छी बानीलाई हटाएका छन् । यो सिनेमामा काम गर्दा उनले ९ घन्टा बढी फुटबल दमकको गर्मीमा दैनिक खेलेका थिए । एउटा खुट्टा फ्याक्चर हुँदा पनि उनले सिनेमाको छायांकन रोकेनन् । यी र यस्तै कुराले पनि अभिनेतालाई यसपटक क्याप्टेनमाथि बढी भरोसा छ । किनकी, यसपटक चल्नैपर्ने दबाब भन्दा पनि चल्छ भन्नेमा उनी ढुक्क देखिएका छन् ।
अनमोलले यसपटक कृको जस्तै चर्को व्यापार गर्नुपर्ने दबाब छैन । किनकी, आफ्नै होम प्रोडक्शनको सिनेमा भएकाले पनि अनमोललाई ठूलो लगानीको भार छैन । कम लगानी परेका कारण पनि अनमोलको स्टारडमले त्यो लगानी थेग्न सक्छ भन्ने धेरैको वुझाई छ । त्यो भन्दा बढी व्यापार गरेको खण्डमा, फाइदा अनमोललाई नै हो ।
पहिलो सिनेमा होस्टेलदेखि जेरी, ड्रिम्स, गाजलु, कृ’ सम्म आइपुग्दा अभिनेता केसीले असफलता कस्तो हुन्छ देखेका छैनन् । बरु, सिनेमा क्याप्टेनमा उनले गरिबी देखेका छन् । सधै पाँच तारेमा देखिने धनाढ्य अभिनेता यसपटक गरिब केटाको भूमिकामा छन् । यो दर्शकका लागि पनि विशेष स्वाद हुनेछ ।
सिनेमा निर्माणमा भूवन केसी आफैमा अब्बल छन् । सिनेमाको ट्रेलर र २ वटा गीत सुपरहिट भैसकेकाले पनि अभिनेता केसीलाई यसपटक सिनेमा चल्छ भन्ने लागेको छ ।
अभिनेता भन्छन्–‘यो सिनेमाका लागि मैले ठूलो मिहिनेत गरेको छु । दर्शकले पक्कै पनि त्यो मिहिनेत देख्नुहुनेछ भन्ने लागेको छ ।’ तर, जे भएपनि अनमोलमाथि चल्नै पर्ने दबाबले थिचेको छ । यो दबाबलाई हटाउन उनले चाडो भन्दा चाडो सक्नुपर्छ ।
पछिल्लो समय आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरु भन्दा पृथक किसिमको ''कर्पोरेट क्वीन २०१८ '' हुने भएको छ। आयोजक एसएप इन्टरटेन्टमेन्ट र इभेन्ट म्यानेजर आइडिया पिक्सलले काठमाडौमा सोमबार सयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिएको हो। कार्यक्रमको अडिसन यहि नोभेम्बर १६ र १७ आगामी शुक्रबार र शनिबार काठमाडौ र नोभेम्बर १९ र २० मा पोखरामा हुने र आयोजकले जानकारी दिएका हुन ।काठमाडौको लागी अडिसन फरेन हाइट क्लब ठमेल र पोखराको लागी एसएप एजुकेशनको अफिस न्युरोडमा हुने छ। अडिसनपछि छनौटमा परेका करिब ३० जना सहभागीहरुलाई १ हप्ता सम्म बन्द प्रशिक्षणमा राखी कर्पोरेट कल्चल सहित मुख्य ४ विधा[एथिक्स ,डिजाइनर,कर्पोरेट ,क्याजुवल ]मा प्रशिक्षण दिईने र यस्तो ग्रुमिंग खालको ट्रेनिंङबाट प्रतियोगीहरुमा कर्पोरेट सोसल रेस्पोसीबिलिटीको धारणा अन्तर्गत सामाजिक रुपान्तरण गराउने हुदा अरु सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक भएको आयोजकको दाबी छ
बन्द प्रशिक्षण पोखरा र काठमाडौमागरी नोभेम्बर २३ देखि डिसेम्बर ७ सम्म हुनेछ भने यसमा कर्पोरेट देखि विभिन्न तहका ब्यक्त्तिव हरुले प्रशिक्षण दिनुहुनेछ ।
कार्यक्रमको फाइनल डिसेम्बर ८ अर्थात् मङ्सिर २२ गते रोयल पाल्म रिसोर्ट चाउथे पोखरामा हुने र बिजेताले रु ७५ हजार फस्ट रनरअपले रु ५० हजार र सेकेण्ड रनरअपले रु २५ हजार पुरस्कार पाउने र बिजेताले अर्को साल अस्ट्रेलियामा हुने ''सिड्नी फेशननिष्टा १०१९'' मा'' सहभागी हुन पाउनेपनि आयोजक एसएप इन्टरटेन्टमेन्टका प्रमुख सन्तोष अधिकारीले जानकरी दिनु भयो।
The first trailer of Isn’t It Romantic? has been released the Internet. Priyanka Chopra, who plays the role of a yoga ambassador and gets two scenes in the trailer. Just like the first trailers for Baywatch and A Kid Like Jake, Priyanka Chopra makes a blink-and-you-miss-it appearance in the debut trailer for her new Hollywood film, Isn’t It Romantic. the new romantic comedy that features Priyanka in a supporting role.
Isn’t It Romantic? is one of three international projects Priyanka Chopra had signed up for. The first was Baywatch, her Hollywood debut film, in which she played the antagonist opposite Dwayne Johnson. Her other film is A Kid Like Jake. Priyanka Chopra had reportedly been signed opposite Chris Pratt in Cowboy Ninja Viking but the film had been postponed indefinitely for now.
Meanwhile, some aspects of the film appear similar to 2018 film I Feel Pretty, which featured Amy Schumer in the lead role. Going by the trailer of Isn’t It Romantic?, it appears that both films address similar themes of body-image issues on the surface. The movie also stars Liam Hemsworth and Adam DeVine. The film directed by Todd Strauss-Schulson is releasing in February 2019.
Deglamorize but yet alluring, simple but yet sophisticated and stylish, all these came alive under one roof of Arshiya Couture, bridal collection.
The collection was been presented by fashion designer Arshiya Banu, the first batch fashion graduate from IEC school of art and fashion.
The show presented in the outdoor environment of Wunzala Moskava restaurant located at Naxal, had three rounds of bridal wear collection named as bridal, gowns and lehengas.
In the show female models were seen on different types of lehengas and gowns while male models were dressed on sherwani and daura suruwal.
The designs explored on the fabrics majorly like net, raw silk, velvet and dhaka was been enhanced by the works like zardozi, thread, mirror, beads and sequins. Ten female models and two models were spotted flaunting designer Arshiya’s exclusive collection.
Manhunt International Nepal 2012, Sanish Shakya and Miss Nepal International 2017, Niti Shah walked as the show stoppers. Been managed by Group of Event Entertainers, G.E.E., the event was choreographed by Anup Saksena
Priyanka Chopra's elegant bridal shower, followed by a kick-ass bachelorette, followed by the fanciest pyjama party was the stuff of our dreams! The desi global diva who has been painting the town red with her romance with beau Nick Jonas and there's nothing we don't like about that. In fact, her bonding with to-be sis-in-law Sophie Turner and the 'J Sisters' club has managed to get more hoots from us. But while PeeCee gave us the glimpses of her good life there, it was certainly more special and at home, when she gave us Diwali wishes not from there, but here from amongst her family.
She was also papped while returning to the bay with cousin Parineeti Chopra and took to Instagram to share the festive bonanza with us. She wrote, "Happy Diwali. So good to be home to celebrate with my loved ones. I wish for the world to be bestowed with love, light and happiness. ?✨"
Bedazzling, right? But that's old news; we are here to drop another bomb! The actress chose to wear a gorgeous mustard embroidered Saesha Suit by Anita Dongre and it costs a whopping Rs 1,20,000/- You heard that right! Can see dreams of dressing up the same away go up in fumes? You're not the only one.
So, let's totally ignore that we will probably never be able to rock the same number and talk about #Prick's wedding plans. Reportedly, the couple plans to host a 3-day grand celebration at Umaid Bhawan Palace, Jodhpur and 1500-2000 guests are expected to turn up. Even PeeCee is going all out with her wedding couture. Our sources recently revealed that the actress has turned towards Sabyasachi to dress her up for the grand wedding. CAN NOT WAIT.
The month of November started with bang as we saw the trailers of two biggies Zero and 2.0 that released on November 2 and 3 respectively. Needless to say they turned out to be top trend on the social media. Both the promos received tremendous response from the netizens and gave us a hint that 2018 will end with a bang. We know that both the trailers garnered immense love but to check which promo impressed you the most, we conducted a poll and told fans to pick their favourite trailer. And honestly, we are not surprised by the result.
Shah Rukh Khan's Zero got 75 per cent votes and emerged as a clear winner. The trailer of Aanand L Rai directorial venture looked like a desi masala entertainer and SRK won our hearts with his amazing portrayal of Bauua Singh. The audience also loved the complex characters of Anushka Sharma and Katrina Kaif along with the witty one-liners, penned by writer Himanshu Sharma. The trailer has already crossed 100 million views. Not to forget the end of the promo, which gives us a hint that this love-story has a twist of space sci-fi genre.
Coming to Akshay Kumar and Rajinikanth starrer 2.0, the most expensive Indian film, which is made on a budget of Rs 600 crore has received 25 per cent of votes. Looking at the results, it looks like the audience found an instant connection and emotional bond with Bauua Singh, but not with Chitti. But who will win the battle at the box office? Only time will tell... Let's hope both the films turn out to be mega entertainers