Wednesday, November 14, 2018

आगामी शुक्रबार र शनिबार काठमाडौमा ''कर्पोरेट क्वीन २०१८'को अडिसन हुदै

पछिल्लो समय आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरु भन्दा पृथक किसिमको ''कर्पोरेट क्वीन २०१८ '' हुने भएको छ। आयोजक
एसएप इन्टरटेन्टमेन्ट र इभेन्ट म्यानेजर आइडिया पिक्सलले काठमाडौमा सोमबार सयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिएको हो। कार्यक्रमको अडिसन यहि नोभेम्बर १६ र १७ आगामी शुक्रबार र शनिबार काठमाडौ र  नोभेम्बर १९ र २० मा पोखरामा हुने र आयोजकले जानकारी दिएका हुन ।काठमाडौको लागी अडिसन फरेन हाइट क्लब ठमेल र पोखराको लागी एसएप एजुकेशनको अफिस न्युरोडमा हुने छ। अडिसनपछि छनौटमा परेका करिब ३० जना सहभागीहरुलाई १ हप्ता सम्म बन्द प्रशिक्षणमा राखी कर्पोरेट कल्चल सहित  मुख्य ४ विधा[एथिक्स ,डिजाइनर,कर्पोरेट ,क्याजुवल ]मा प्रशिक्षण दिईने  र यस्तो ग्रुमिंग खालको ट्रेनिंङबाट प्रतियोगीहरुमा कर्पोरेट सोसल रेस्पोसीबिलिटीको धारणा अन्तर्गत सामाजिक रुपान्तरण गराउने हुदा अरु सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक भएको आयोजकको दाबी छ 
बन्द  प्रशिक्षण पोखरा र काठमाडौमागरी  नोभेम्बर २३ देखि डिसेम्बर ७ सम्म हुनेछ भने यसमा कर्पोरेट देखि विभिन्न तहका ब्यक्त्तिव हरुले प्रशिक्षण दिनुहुनेछ ।

कार्यक्रमको फाइनल डिसेम्बर ८ अर्थात् मङ्सिर २२ गते रोयल पाल्म रिसोर्ट चाउथे पोखरामा हुने र बिजेताले रु ७५ हजार फस्ट रनरअपले रु ५० हजार र सेकेण्ड रनरअपले रु २५ हजार पुरस्कार पाउने र बिजेताले अर्को साल अस्ट्रेलियामा हुने ''सिड्नी फेशननिष्टा १०१९''  मा'' सहभागी हुन पाउनेपनि आयोजक एसएप इन्टरटेन्टमेन्टका प्रमुख सन्तोष अधिकारीले जानकरी दिनु भयो।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...