Thursday, February 21, 2019

सैनिक हमलाकाे घटनापछि सलमानले आफ्नो फिल्मबाट हटाईदिए पाकिस्तानी यी गायकलाई




एजेन्सी : जम्मू कश्मीरको पुलवामा आतंकबादीले भारतिय सैनिकमाथि गरेको हमलापछि सिङ्गोे भारत यतिबेला पाकिस्तानको बिरोधमा उत्रिएको छ । पाकिस्तान प्रतिको आक्रोशको आगो साधारण मानिसमा मात्र सिमित रहेन। बलिउड सेलिब्रिटीहरुमा समेत दन्किएको छ ।
यस्तैमा अभिनेता सलमान खानले आउँदो आफ्नो फिल्ममा गीत गाउन पाकिस्तानी गायक आतिफ असलमलाई साइन गरेका थिए । तर पुलवामामा भएको हमला पछि उनले आतिफलाई आफ्नो फिल्मबाट हटाइदिएका छन् । सलमान यो फिल्मको प्रोड्यूसर पनि हुन् त्यसैले अब उनले यस फिल्मलाई आफैले गाउने भएका छन् ।
पुलवामा हमलापछि बलिउड पाकिस्तानी कलाकारहरुको बिरोधमा उत्रिएको छ । यस अघि भारतीय प्रख्यात टीसीरीज म्यूजिक कम्पनीका मालिक भूषण कुमारले भ्यालेन्टाइन डेमा रिलीज भएको आतिफ असलमको गीतलाई अनलिस्ट गरेका थिए । जबकि पाकिस्तानी कलाकार अस्लमको गीतलाई हटाएकोमा चौतर्फी तारिफ गरिएको छ ।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...