Friday, February 22, 2019

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी
द्वन्दपिडित बालबालिकाहरुका सहयोग गरेका छन् । द्वन्दपिडित बालबालिकाहरुका लागि खोलीएको ‘चेतना सन्देश बाल गृह” सर्लाही जिल्ला को हरिवन न. पा. -५ घुर्कौली स्थितआश्रममा नायक पल शाह आफ्ना केहि साथीहरुको साथमा पुगेका थिए उनले त्यहाँ बालगृहमा आश्रीत द्वन्द्वपीडित बालबालिकाको लागि १० बोरा चामल तथा कापी र कलम सहयोग गरेका हुन् । सहयोग प्रदान गर्दै नायक शाहले बालबालिकालाई राम्रोसँग शिक्षा आर्जनगरेर भविष्यमा असल तथा दक्ष नागरिक बन्न आग्रह गरेका थिए ।
नायक पल शाहसहित स्थानीय अतिथिहरुको उपस्थितीमा बालगृहलाई चामल र शैक्षिक सामग्री सहयोग प्राप्त भएको बालगृह सञ्चालक नविन लामाले बताए । सहयोग प्रदान गर्ने सम्पुर्णप्रति लामाले धन्यवाद समेत प्रकट गरेका छन्

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...