Thursday, February 21, 2019

होस्टेलदेखि क्याप्टेनसम्मः ‘अनमोललाई चल्नैपर्ने दबाबले यसरी थिच्दैछ’


कलाकारले सिनेमामा अभिनय स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ । अभिनय गर्दा उसलाई सिनेमाको व्यापार, लगानी फिर्तादेखि हरेक कुराले थिचेको खण्डमा पक्कै पनि काम सहज हुँदैन ।
छैटौ सिनेमा क्याप्टेन रिलिज हुँदासम्म अभिनेता अनमोल केसीमाथि एउटा ठूलो दबाब मडारिएको छ । नेपाली सिनेमामा बर्षमा एउटा सिनेमा मात्र खेल्ने, एउटै सिनेमाबाट मोटो रकम लिने हिरोको रुपमा पर्छन् अनमोल केसी ।
यही भएर पनि सिनेमामा मिहिनेत त गर्नु छदैछ, चल्नैपर्ने दबाब पनि उनीमाथि छ । सिनेमा नचलेको खण्डमा ५० लाख लिने हिरो असफल भन्ने समाचार र टिप्पणीले उनको टाउको दुखाउने निश्चित छ । अहिलेको बजार हेर्दा यस्तो लाग्दैछ, अभिनेतालाई असफल हुने कुनै अधिकार नै छैन ।
अभिनेता केसीले अभिनय गरेको छैटौ सिनेमा क्याप्टेन फागूणको १७ गतेबाट रिलिज हुँदैछ । यो सिनेमामा उनले आफ्नो भूमिका परिवर्तन गरेका छन् । चकलेटी अनुहार मात्र बेच्न खोजेको आरोप लगाउनेलाई उनले यसपटक झापड त हानेका छन् । तर, दरिलो झापडका लागि सिनेमाले व्यापार पनि गर्नुपर्नेछ ।

अनमोल आफैमा अल्छी कलाकार पनि हुन् । उनी, सिनेमामा काम नगर्दाको समयमा मिहिनेत गर्दैछनन् । तर, उनले क्याप्टेनमा आफ्नो अल्छी बानीलाई हटाएका छन् । यो सिनेमामा काम गर्दा उनले ९ घन्टा बढी फुटबल दमकको गर्मीमा दैनिक खेलेका थिए । एउटा खुट्टा फ्याक्चर हुँदा पनि उनले सिनेमाको छायांकन रोकेनन् । यी र यस्तै कुराले पनि अभिनेतालाई यसपटक क्याप्टेनमाथि बढी भरोसा छ । किनकी, यसपटक चल्नैपर्ने दबाब भन्दा पनि चल्छ भन्नेमा उनी ढुक्क देखिएका छन् ।
अनमोलले यसपटक कृको जस्तै चर्को व्यापार गर्नुपर्ने दबाब छैन । किनकी, आफ्नै होम प्रोडक्शनको सिनेमा भएकाले पनि अनमोललाई ठूलो लगानीको भार छैन । कम लगानी परेका कारण पनि अनमोलको स्टारडमले त्यो लगानी थेग्न सक्छ भन्ने धेरैको वुझाई छ । त्यो भन्दा बढी व्यापार गरेको खण्डमा, फाइदा अनमोललाई नै हो ।

पहिलो सिनेमा होस्टेलदेखि जेरी, ड्रिम्स, गाजलु, कृ’ सम्म आइपुग्दा अभिनेता केसीले असफलता कस्तो हुन्छ देखेका छैनन् । बरु, सिनेमा क्याप्टेनमा उनले गरिबी देखेका छन् । सधै पाँच तारेमा देखिने धनाढ्य अभिनेता यसपटक गरिब केटाको भूमिकामा छन् । यो दर्शकका लागि पनि विशेष स्वाद हुनेछ ।
सिनेमा निर्माणमा भूवन केसी आफैमा अब्बल छन् । सिनेमाको ट्रेलर र २ वटा गीत सुपरहिट भैसकेकाले पनि अभिनेता केसीलाई यसपटक सिनेमा चल्छ भन्ने लागेको छ ।
अभिनेता भन्छन्–‘यो सिनेमाका लागि मैले ठूलो मिहिनेत गरेको छु । दर्शकले पक्कै पनि त्यो मिहिनेत देख्नुहुनेछ भन्ने लागेको छ ।’ तर, जे भएपनि अनमोलमाथि चल्नै पर्ने दबाबले थिचेको छ । यो दबाबलाई हटाउन उनले चाडो भन्दा चाडो सक्नुपर्छ ।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...