Tuesday, October 9, 2018

आयुष्मान भन्छन्, ‘प्रियंका र म एउटै फिल्ममा हुनुपर्छ भन्ने छैन’

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की प्रेममा रहेको कुरा अब नौलो रहेन । जो कोहीँ यस विषयमा जानकार छन् । दुईले इन्गेजमेन्ट समेत गरिसकेका छन् । विवाह अर्को वर्षको असारमा गर्ने तयारी चलिरहेको छ । फिल्म 'कथा काठमाण्डू' को सेटबाट यी दुई एकअर्कासँग नजिक भएका थिए ।
 प्रेममा रहेको खबर बाहिरिएपछि यी दुईले 'एउटा यस्तो प्रेम कहानी' र 'चंगा चेट' फिल्म सँगै गरे । दुबै फिल्म प्रदर्शनको पखाईमा छन् । पछिल्लो पटक केही भिडियोमा पनि सँगै देखिएको यो जोडीको फिल्ममा अहिले गजब डिमान्ड छ । प्रेम जोडीलाई लिएर फिल्म बनाउन धेरै मेकर्स इच्छुक छन् । 
हालै आयुष्मान र प्रियंकाले फिल्म 'राधा २' साइन गरे । प्रियंका फिल्ममा अनुबन्ध भएपछि आयुष्मान भित्रिएका थिए । एकपछि अर्को फिल्ममा लभ कपल दोहोरिनुले सिनेवृतमा कैयन् चर्चाले बहसको रुप लिन थालेको छ । प्रियंका आफू भएको फिल्ममा आयुष्मानलाई हिरो बनाउन मेकर्सलाई आग्रह गर्छिन् रे ।
आयुष्मान पनि आफ्नो फिल्ममा प्रियंकालाई भित्राउन निर्माता/निर्देशकलाई अनुरोध गर्ने गरेको खबर छ । यो हल्लामा कति सत्यता छ ? अभिनेता आयुष्मान यी कुराको खण्डन गर्छन् । दुबैले आफ्नो फिल्ममा एकअर्कालाई लिन टिमलाई कुनै दबाब दिने नगरेको उनले बताए । 
'फिल्म गर्न मलाई स्क्रिप्ट चित्तबुझ्नु पर्छ । कलाकार छनौटको मामलामा मैले कहिल्यै टिमलाई दबाब दिने गरेको छैन । पात्र चयन कलाकारले गर्ने होइन निर्देशकले हो । बजारमा हल्ला छ भने राम्रो हो । तर म भएको फिल्ममा प्रियंका र प्रियंका भएको फिल्ममा म हुनुपर्छ भन्ने चाहिँ छैन', उनले भने । 
'हो वा होइन म भन्दिनँ तर हामी दुई जनाको नामले निर्मातालाई विजनेश आइरहेको होला नी त, नभए हामीलाई किन लिनुहुन्छ ?', आयुष्मानले थपे । 'चपली हाईट २; बाट अभिनय यात्राको थालनी गरेका उनको अहिले फिल्ममा राम्रो डिमान्ड छ । गरेका फिल्मबाट भने उनले अभिनयमा खासै जस पाउन सकेका छैनन् । 

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...