Thursday, October 4, 2018
जोसेफको डान्सिङ गीत 'कर्के नजर'मा सृष्टि खड्का र सुवास तिमल्सिना
पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको आवाजमा 'कर्के नजर' बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । काले दाई, कान्छी मट्याङ-ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको 'कर्के नजर'मा वासुदेव नेपालको शब्द रहेको छ भने चर्चित एरेन्जर उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ,मास्टरिङ गरेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले 'कर्के नजर'को भिडियो निर्देशन गरेका हुन् ।
बालाजु स्थित एन.एफ.डि.सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन् । डान्सिङ शैलीका गीतले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलीलाई 'कर्के नजर'को भिडियोमा केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ।
Subscribe to:
Post Comments (Atom)
आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]
नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...
-
Pradeep Khadka; Nepali Actor Nepali movies are rumbling to the peak. Its collection has blessed cinema box office because more number of...
-
A lesser comic than Rowan Atkinson would have let this film down. But in his hands, in Lacy's uncomplainingly brave sidekick act, in ...
-
Some movies with their promotion promise a lot. But when it’s show time they don’t live up to expectation. This week’s release Intu Mintu L...

No comments:
Post a Comment