Saturday, September 22, 2018

प्रेममा तगारो बन्दैछिन् कैटरिना क्याफ

बलिउड अभिनेता सलमान खान जहिलेपनि आफ्नो प्रेम प्रसंगलाई लिएर चर्चामा रहन्छन्। केही समय अगाडि मात्र सलमानसँग ब्रेकअप गरेकी कट्रिना सलमानको जीवनमा फेरी  भित्रिएकी छन्।
यसअघि सलमान लूलिया वंतूरसँग डेट गरिरहेको मिडियामा खबर आएको थियो। उनीहरु प्राय हरेक कार्यक्रम र शो मा सँगै जाने गरेका थिए। रोमानियाबाट उनी मुम्बई आउँदा सलमानको परिवार एरपोर्ट लिन जाने, घरको हरेक कार्यक्रममा सहभागी हुने देखिएपछि मिडियामा उनीहरुको प्रेम प्रसंग निकै चुलिएको थियो।
तर अहिले सलमान पूर्व प्रेमिका कट्रिना कैफसँग धेरै समय विताउन थालेका छन्। खबरका अनुसार सलमानले लूलियालाई सधैंको लागि छाडिदिएका छन्।
लूलियाको भारतको भिसा सकिएको र उनी रोमानिया फर्किसकेकी छन्। लूलियाले भिसा थप्न पनि सक्थिन् तर उनले भिसा नथपि घर गएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
यो सबको कारण कट्रिना र सलमानको बढ्दो नजिकपन र स‌ँगै धेरै समय विताउनुलाई बताइएको छ।
सलमानको एक नजिकको साथीलाई स्रोत मान्दै भारतीय सञ्चारमाध्यममा छापिएको खबर अनुसार लूलिया र कट्रिनाबीच केही विषयलाई लिएर मनमुटाव भएको थियो।
सलमानले पनि कट्रिनालाई बढी समय दिने र उनकै सर्पोटमा बोल्ने भएकाले लूलियाले सलमानसँग दुरी बढाउन सुरु गरेकी हुन्। रणवीर कपूरसँग ब्रेकअपपछि सलमानले कट्रिनासँग झन् नजिकता बढाएका छन्। उनीहरुले हालै फिल्म ुटाइगर जिन्दा हैु को शुटिङमा निकै रमाइलो गरीरहेको तस्वीर पनि सार्वजनिक भएका थिए।
सलमानले भने यूलियालाई फिल्मको शेटमा आउन पनि दिएका थिएनन्। यूलियाले आवुधावी जाने इच्छा जताएकी थिइन् तर सलमानले यूलियाको यो कुरा पनि पुरा हुन दिएका थिएनन्।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...