Friday, September 21, 2018

"छक्का पञ्जा ३" सँगै दशैँ सुरु

वर्षकै बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ट्रेलर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ । शनिबार बिहान साढे ८ बजे ज्योतिषले दिएको समय अनुसार फिल्मको ट्रेलर राजधानीको क्यूज हलमा पत्रकारलाई देखाएपछि युट्युबमार्फत् वल्ड वाइड रिलिज गरिएको हो ।



ट्रेलरमा कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको छ । जातिय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरुको कथा फिल्मले बोल्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ ट्रेलरमा हाबी छन् ।

दुई गीत र पोस्टरमा प्रदर्शन मिति नराखेपनि निर्माण टिमले ट्रेलरमा फिल्म घटस्थापनाबाट देशैभर प्रदर्शनमा आउने उल्लेख गरेको छ ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ ।

‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...