Saturday, October 6, 2018

विवादमा आएको दृश्य हेरेपछि आयुष्मानको यस्तो प्रतिक्रिया

विवादमा आएको दृश्य हेरेपछि आयुष्मानको यस्तो प्रतिक्रियाकाठमाडौंः फिल्म ‘कथा काठमाडौं’ प्रदर्शनरत छ। रिलिज अगावै फिल्मलाई लिएर नकरात्मक टिका टिप्पणी भए। फिल्मको गीतमा देखाइएका अभिनेत्री प्रियंका कार्की र प्रमोद अग्रहरिबीचको अन्तरंग दृश्यलाई लिएर नकरात्मक टिप्पणी भए।

त्यतिखेर प्रियंकाले आयुष्मानसँग भर्खरै इन्गेजमेन्ट गरेका थिए। उक्त दृश्यलाई लिएर आयुष्मानले कस्तो प्रतिक्रिया दिए?

त्यतिखेर उनले खासै प्रतिक्रिया दिएनन्। तर अब त उनले फिल्म हेरिनै सकेका छन्। फिल्ममा उनको पनि अभिनय रहेको छ। तर उक्त विवादमा आएको दृश्यलाई फिल्ममा हेरिसकेका छन्। फिल्मको प्रतिक्रियामा उनले भने ‘म आफ्नो पारिवारिक भ्रमणमा रहेकोले गर्दा यसको प्रमोसनमा आउनु पाइन। तर प्रियंकाको माध्यमले मैले सम्पूर्ण अपडेट लिइरहेको थिएँ।'
'फिल्म हेरेपछि तिनवटै कथा एक आपसमा शशक्त रहेको आभास भयो। प्रियंकाले जुन क्यारेक्टर गरेको छ, त्यसले मलाइ प्राउड फिल भयो किनकी जसरी उ पर्दामा देखिएको छ। फिल्मभित्र उसले आफूलाई जसरी प्रस्तुत गरेको छ, त्यो तारिफ योग्य छ। जसरी फिल्मको बारेमा कुराहरु सुनिएको थियो त्यो फिल्म हेरेपछि आफै हराउदै गयो । त्यसैले हामीले त्यसमा बोलेनौ, किनकी मलाइ धेरै कुरा थाहा थियो, म छायाँकनको बेलासँगै हुन्थे’ उनले थपे।

फिल्मलाई संगीता श्रेष्ठले निर्देशन गरेककी हुन्।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...