Tuesday, October 9, 2018

छक्का पञ्जा -३ लाई एउटा मात्र थ्रेट : बुकिङ आक्रमक

हलिउड बलिउडका ठूला फिल्मको भन्दा राम्रो सो

chakka panja booking
बहु प्रतिक्षित फिल्म छक्का पञ्जा ३ ले अत्याधिक हल र सोहरु पाएको छ ।

फिल्मले मोफसल तर्फनै १ सय ५ को संख्यामा हल पाएको छ भने राजधानी टेरिटोरीका पनि सवै हलमा उत्साहजनक सो पाएको छ । रेसियो हेर्ने हो भने यो फिल्मले देशभरिमा १ सय २५ हल पाउँदा पर्दा संख्या करिब १ सय ४१ हुन आउँछ ।
नेपाली फिल्म ईतिहासमै सर्वाधिक व्यापार गर्ने फिल्मको रुपमा समेत स्थापित भएको यो ब्रान्ड केबल फिल्मका रुपमा मात्र परिचित छैन आम नेपालीका लागि यो फिल्म दशै तिहार जस्तै ठूलो चाड पर्व को रुपमा स्थापित पनि हुँदै गएको छ ।
नेपालमा रिलिज हुने अन्य फिल्महरु एक बर्ग र निश्चित दर्शकको रोजाईमा पर्दछन् तर यो हिट फ्रेन्चाईज त्यस्तो लोकप्रिय बनिदियो जुन फिल्म हेर्न स सना बच्चा देखि लिएर ७० बर्ष नाघेका बृद्धबृद्धा समेत आउँने गर्दछन् ।  मुख्यत : यो फिल्म पूर्ण रुपमा फ्यामेली अडियन्स तान्ने फिल्मका रुपमा समेत स्थापित भएको छ ।
यो ब्रान्डले लाईफ टाईम कलेक्सनमा ऐतिहासिक रेकर्ड राख्दै ओपनिङ कलेक्सनमा पनि हिस्ट्री   काम गरेको सर्वविदितै छ ।
गत बर्ष फूलपातिमा रिलिज भएको यहि ब्रान्डको छक्का पञ्जा –२ ले १ करोड ५३ लाख बराबरको ओपनिङ कलेक्सन गरेर एतिहासिक रेकर्ड कायम गरेको थियो जुन रेकर्ड यस बर्ष पनि आफैले तोड्ने संकेत छक्का पञ्जा ३ ले  देखाएको छ ।
बिशेषत राजधानीको निकै ठूलो हलका रुपमा परिचिति क्यू.एफ.एक्स हलका पाँच वटा चेन सहित सम्पूर्ण मल्टीप्लेक्समा हलिउड तथा बलिउडका निकै ठूला फिल्मले पाउँने भन्दा राम्रो सो छक्का पञ्जा ३  पाएको छ ।
क्यू.एफ.एक्सका पाँच वटा चेनमा फिल्मले ३० सो पाएको छ भने बीग मुभिजमा १० सो  पाएको छ ।  हिसाव गर्ने हो भने क्यू.एफ.एक्सका ३० सोहरुनै हाउसफूल भएमा छक्का पञ्जा ३ ले एकै दिन २६ लाख बराबरको ग्रस सेल गर्ने छ भने बीगमा पाएको १० सोजमै १० लाख प्लसको ग्रस कलेक्सन गर्ने छ ।
cpsbook
तसर्थ चावाहिलमा रहेको एफक्यूब, बालाजुमा रहेको बिएसआर,सुन्धारामा रहेको सिडिसी,दरबारमार्गमा रहेको क्यूज र बागबजारमा रहेको सिटिम्याक्समा देखिएको सोहरुलाई आधार मान्ने हो भने छक्का पञ्जा ३ ले भोलि शत प्रतिशत ओपनिङ गरेमा माथिका ७ वटा मल्टीप्लेक्स थिएटरबाट मात्रै ५० लाख बराबरको ग्रस कलेक्सन गर्ने निश्चित छ ।
यदि भोलि देशै भर शत प्रतिशत व्यापार भएमा फिल्मले आफैले राखेको १ करोड ५३ लाखको रेकर्ड भात्काउँने निश्चित पनि छ ।  देशै भरि थपिदै गएका नयाँ हल र मल्टीप्लेक्स कारण वर्तमान अवस्थामा यदि कुनै पनि फिल्मले अल नेपाल शत प्रतिशत ओपनिङ गरेमा एकै दिनमा एउटै फिल्मले १ करोड ७५ लाख सम्म कारोबार गर्न सक्ने  क्षमता नेपालका  हलले बनाईसकेका छन् ।
यस्तो छ बुकिङ :  अब वर्ड अफ माउथको मात्र थ्रेट
निकै ठूलो क्रेज बनाएको छक्का पञ्जा ब्रान्डको तेश्रो सिक्वेल भोलि घटस्थापाना देखि प्रर्दशन हुँदैछ ।
भोलि देखि प्रर्दशन हुने यो फिल्मले मल्टीप्लेक्स तर्फ पाएको सोज र झरिरहेको आक्रमक बुकिङ को कारण ओपनिङ बिजनेश निकै राम्रो गर्ने सम्भावना देखाएको छ । यो समाचार तयार गरुनजेल सम्म क्यू.एफ.एक्सका ३० मध्ये १७ वटा सो सोल्ड आउँट हुने तयारीमा छन् ।
यस्तै उता सिटि सेन्टर स्थित बीग मुभिजका म्यानेजर उमेश गिरीका अनुसार बुकिङ खुल्ना साथ धेरै दर्शकले टिकटनै किनेर लग्दा भोलिको ओपनिङ अत्याधिक राम्रो हुने उनको भनाई छ ।
दर्शकको टेष्टलाई मध्य नजर गर्दै दीपकराज गिरीको टिमले केही न केही स्वादिलो फिल्म सधै बनाउँने हुँदा यो टिमको फिल्मले सधै ऐतिहासिक कलेक्सन गर्ने गर्दछ । तर मुख्य थ्रेट चाँहि के देखिएको छ भने छक्का पञ्जा १ को भन्दा छक्का पञ्जा २ को रिभ्यू कमजोर आएको थियो त्यसकारण यो तेश्रो सिक्वेलले छक्का पञ्जा १ को जस्तै र त्यो भन्दा बलियो वर्ड अफ माउथ पाएमा फेरी पनि ब्यापार १५ करोड माथि हुने निश्चित छ

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...