Wednesday, October 10, 2018

एलिसा राइको ''आँखामा गाजल''लगाउदै आकाश


अहिलेकी चर्चित डान्सर मोडेल एलिसा राइ अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका शर्मिला राइको स्वरमा रहेको  ''आँखामा गाजल''मा चर्चित युवा गीतकार डी पी खनालको शब्द र  शंकर थापा 'स्माइल'को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ''आँखामा गाजल''को अभिनयमा एलिसालाइ आकाश राइले साथ दिएका छन ।
धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ। भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...