Saturday, September 22, 2018

ओस्कारका लागि नेपालबाट 'पञ्चायत' सिफारिस

यस वर्षको ओस्कारमा सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म विधाको उत्कृष्ट पाँचको मनोनयन प्रतिष्पर्धाका लागि नेपालले ‘पञ्चायत’ फिल्मलाई सिफारिस गरेको छ।

नेपाल स्थित ओस्कार छनोट समितीले ९१ औं ओस्कार अवार्डको लागी नेपाली सिनेमा ‘पंचायत’लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
छनौट समितिमा संयोजक श्री बिमल पौडेल, सदस्यहरूः प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाइ रहेका थिए । 
तीनवटा सिनेमाहरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस विदेशी भाषी सर्वोत्कृष्ट सिनेमा छनोट समिति (नेपाल)द्वारा चलचित्र “पञ्चायत”लाई छनौट गरेको समितीले जनाएको छ ।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...